शुक्रबार, वैशाख ४, २०८३

एकीकृत समाजवादी नयाँ गठबन्धनमा सामेल होला ?

मेरोन्यूज २०८० फागुन २१ गते १८:५३

काठमाडौं। सत्ता गठबन्धन हेरफेरप्रति एकीकृत समाजवादीले पर्ख र हेरको नीति अबलम्बन गर्ने भएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य ताडेर एमाले, रास्वपा लगायत दलसँग नयाँ सत्ता समीकरण गरेसँगै एकीकृत समाजवादीले आफूलाई गर्ने व्यवाहारका आधारमा निर्णय लिने निर्णय गरेको हो।

आज अध्यक्ष माधवकुमार नेपालको निवासमा बसेको सचिवालयको आकस्मिक बैठकले नयाँ गठन्धनको ‘उद्देश्य, प्रक्रिया र संरचना’ प्रष्ट भएपछि मात्रै ठोस निर्णय लिने जनाएको छ। समाजवादीले तत्कालका लागि एमालेसहितको गठबन्धनप्रति मध्यमार्गी धारणा सार्वजनिक गरेको छ।

बैठकपछि महासचिव घनश्याम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले नयाँ निर्णय लिएसँगै मुलुक फेरी अर्को राजनीतिक समीकरणमा प्रवेश गरेको छ । नयाँ समीकरणको उदेश्य, प्रक्रिया र संरचना अझै स्पष्ट भैसकेको छैन । तसर्थ प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनको गुण-दोषका आधारमा नेकपा (एकीकृत समाजवादी) ले आफ्ना नीतिहरू स्पष्ट पार्नेछ।’

माओवादी केन्द्र समाजवादीलाई पनि नयाँ गठबन्धनमा सहभागी गराएर जानुपर्ने पक्षमा छ।

प्रतिक्रिया