हुन्डी कारोबारमा संलग्न ५ जना पक्राउ

बारा । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बारामा पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई नेपाली र तीन भारतीय नागरिक रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट रु २१ लाखसमेत बरामद गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको मोतिहारीका २९ वर्षीय रञ्जित सर्राफ, ४२ वर्षीय कृष्णलाल प्रसाद र ४० वर्षीय रविशङ्कर सिंह तथा बाराको कलैया उपमहानगरपालिका–७ का ३१ वर्षीय कलामुद्दिन अंसारी र कलैया–४ का ३९ वर्षीय मेराजुलहक अंसारी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले कलैया–६ अस्पताल रोडबाट रञ्जित सर्राफलाई रु पाँच लाखसहित पक्राउ गरेको थियो । सर्राफले दिएको बयानमा आधारमा अन्य चारजनालाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताए । यस्तै पक्राउ परेका भारतीय नागरिकबाट रु १६ लाख नौ हजार बरामद गरिएको थियो ।

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
प्रतिक्रिया