फुटपाथ व्यवासायीमाथि कुटपीट घटनाको आयोगद्वारा अनुगमन

काठमाडौँ ।राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ महानगरपालिकाका प्रहरीले फुटपाथ व्यवसायीलाई कुटपिट गर्नुका साथै दुव्र्यवहार गरेको घटनाको अनुगमन गरेको छ ।
आयोगले महानगरका प्रहरीको कुटपिटबाट घाइते भएका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको, व्यवसायीको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएकोलगायत अनुगमनका क्रममा पाइएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बताए । “व्यवसायीको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएकोलगायत सूचना अनुगमनका क्रममा आयोगलाई प्राप्त भएका छन्”, उनले भने ।
काठमाडौँ महानगर प्रहरीले सुन्धारा आसपासका सडकमा व्यापार व्यवसाय गरिरहेका फुटपाथ व्यवसायीमाथि यही फागुन १६ गते कुटपिट तथा बल प्रयोग गरेको र तत्पश्चात् काठमाडौँ महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा दुवैतर्फका ११ व्यक्ति घाइते भएका थिए । आयोगले उक्त घटनाको अध्ययन गरिरहेको जनाएको छ ।
घटनाको सत्यतथ्य विवरण एवं फुटपाथ व्यवसायीसँग यसअघि गरिएका सम्झौताको कार्यान्वयन अवस्थासहितको जानकारी उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई पत्राचार गर्नुका साथै फुटपाथ व्यवसायी र सरोकारवालासँग जानकारीसमेत लिएको आयोगले जनाएको छ ।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री
प्रतिक्रिया