मोरङमा धारिलो हतियार प्रहार गरि १५ बर्षिय बालिकाको हत्या
मेरोन्यूज
२०८० फागुन २२ गते ९:३५

मोरङ । मोरङको पथरीशनिश्चरे—७ स्थित लामाटोलीमा एक बालिकाको हत्या भएको छ ।
सोमबार राति करिव १० बजे १५ बर्षिय बालिकालाई धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले बताएको छ ।
आफन्तको घरमा बस्दै आएकी सन्जना भन्ने ज्ञानमति थुलुङ राईको हत्या भएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ । राति करिव १० बजे ऐया भनेको आवाज आएपछि हेर्न पुग्दा घाँटीमा धारिलो हतियार प्रहार भएर लडेको अवस्थामा फेला परेको बिनोद राईले बताए ।
मृतक राईको शव घर र शौचालयको वीचमा रहेको प्रहरीले जनाएको छ।
समाचार तयार पार्दासम्म घट्नाको अनुसन्धानको लागि कुकुर मगाउन पर्ने हुन सक्ने भएकोले शव नछोइ घेरा गरेर राखिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक शुसिलकुमार पाण्डेले जानकारी दिए । घट्ना, कस्ले र किन घटाएका खोजि सुरु भएको प्रहरीले जनाएकको छ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया