नयाँ सत्ता गठबन्धनलाई वामदेव गौतमको समर्थन

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानले नयाँ सत्ता गठबन्धनलाई समर्थन जनाएको छ । अभियानका अध्यक्ष वामदेव गौतमले मंगलबार एक प्रेस बिज्ञप्ति जारी गर्दै नयाँ सत्ता गठबन्धनलाई समर्थन जनाउनुका ६ कारण रहेको उल्लेख गरेका छन् ।
बिज्ञप्तिमा गौतमले भनेका छन्- ‘नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओबादी केन्द्रका अध्यक्ष एबम् प्रधानमंत्री प्रचण्डको पहलमा हिजो २१ फागुन २०८० का दिन नेपालको राजनीति र सत्ता संवन्धमा नयां गठवन्धन शुरु भएको छ। हाम्रो पार्टीले हिंजो बिहानै यो गठबन्धनलाई समर्थन गरिसकेका छौ। हाम्रो समर्थन वा विरोधले राष्ट्रिय राजनीतिमा कुनै फरक पार्दैन। तथापि हमीले आफ्नो पंक्तिलाई स्पस्ट पार्न यो वक्तब्य जारी गर्नुपरेको हो।’
यस्ता छन् समर्थन गर्नुका कारण :-
१) कम्युनिष्ट र कांग्रेसले उत्पादन पद्धतिमा दुइ विपरित तत्वको प्रतिनिधित्व गर्दछन। अहिलेको गठबन्धनले सही राजनीतिक दिशा पकडेको छ।
२) अव नेपाली कांग्रेस पार्टी बीपी कोइरालाको राजनीतिक लाइनमा हिंड्छ होला ।
३) सत्ता स्वाद लिन जे पनि गर्ने राजनीतिक भाँडभैलोको अब अन्त्य हुन्छ होला।
४) अव वास्तविक राजनीतिक प्रतिस्पर्धामा जनता खुशी भएर सामेल हुनेछन्।
५) २०७७ मा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) विभाजन गर्नु महाभूल थियो भन्ने पुष्टि भएको छ।
६) हाम्रो सिधा, लप्पन-छप्पन विनाको आशा र विश्वास यही नै हो। तर हाम्रो आशा वमोजिम भएन भने पनि पश्चाताप गर्न पर्ने छैन।

















आज चैत्र कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै
राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल
PM performs Rudrabhisek worship and pays homage to Pashupatinath
मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया