बाराको निजगढमा मृत बाघ फेला
मेरोन्यूज
२०८० फागुन २२ गते १८:५७

बारा। बाराको निजगढ नगरपालिका-४ स्थित कछडिया सामुदायिक वनमा मंगलबार एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।
कछडिया सामुदायिक वनको छेउ बकैया खोला किनारमा वयस्क बाघ मृत फेला परेको सबडिभिजन वन कार्यालय तामागढीले जनाएको हो ।
मंगलबार बिहान स्थानीयवासीले बाघ मरेको देखेपछि वनलाई खबर गरेको सबडिभिजन वन कार्यालय तामागढीका प्रमुख वन अधिकृत सुरेश भगतले जानकारी दिए ।
हेर्दा चार-पाँच दिन अगाडि नै मरेको देखिन्छ । पोथी बाघ करिब आठ वर्षको रहेको र प्रायः बाघ जुधेर मर्ने वा घाइते हुने गर्छन् । तर, यो बाघ भने बुढो भएर मरेको अनुमान गरिएको छ ।
योसँगै पछिल्लो एक महिनाको अन्तरालमा बारामा मात्रै दुईवटा बाघ मरिसकेका छन् ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया