‘सुसाइड नोट’ सालिनले नै लेखेको पुष्टि
मेरोन्यूज
२०८० फागुन २२ गते १९:५०

काठमाडौं । चितवनमा आत्महत्या गरेकी शालीन पोखरेलले आत्महत्या गर्नुअघि लेखेको सुसाईड नोटको उनले नै लेखेको पुष्टि भएको छ ।
घटनास्थलमा भेटिएको सुसाईड नोटका अक्षर सालिनको अरु अक्षरसँग मेल खाएको नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा भएको जाँचमा पुष्टि भएको चितवन प्रहरीले जनाएकाे छ ।
सालिनका बाबुले उक्त नोटमाथि आशंका गरेपछि प्रहरीले ‘सुसाइड नोट’को नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गरेको थियो । होस्टलको कोठाभित्र स्काउटको डोरीमा झुण्डिएको अवस्थामा १२ फागुनमा १४ वर्षीया सालिन पोखरेलको शव भेटिएको थियो ।
मृतक पोखरेलको मंगलबार दिउसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
सम्बन्धित













२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
नयाँ वर्षको अवसरमा दराजले ल्यायाे दराज १.१, द नं १ सेल, ७० प्रतिशतसम्म छुट पाइने
आजदेखि रसुवागढी नाका सञ्चालनमा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया