आइतबार, वैशाख ६, २०८३

कर्णाली प्रदेशकाे तेस्रो अधिवेशन आह्वान

मेरोन्यूज २०८० फागुन २३ गते ८:२६

कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखसमक्ष आज सिफारिस भई आएबमोजिम प्रदेश प्रमुख परियारले अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारको (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम यही फागुन ३० गते दिउँसो ३ बजे बस्ने गरी तेस्रो अधिवेशन आह्वान गरेको हो ।

प्रतिक्रिया