बिहीबार, माघ १, २०८२

विदेशी विनिमय दर : आज कुन मुद्राको कति ?

मेरोन्यूज २०८० फागुन २३ गते ८:४३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९४ पैसा कायम गरिएको छ ।

बुधबार युरोपियन युरोको भाउ स्थिर रहेको छ । आज एक युरोको खरिददर १४३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रूपैयाँ २७ पैसा तोकिएको छ। त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ १५ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६१ पैसा कायम गरिएको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ९४ र बिक्रीदर ८६ रूपैयाँ ३३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ४२ पैसा र बिक्रीमा ८६ रूपैयाँ कायम गरिएको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ १२ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ०७ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
 

प्रतिक्रिया