विदेशी विनिमय दर : आज कुन मुद्राको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९४ पैसा कायम गरिएको छ ।
बुधबार युरोपियन युरोको भाउ स्थिर रहेको छ । आज एक युरोको खरिददर १४३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रूपैयाँ २७ पैसा तोकिएको छ। त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ १५ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६१ पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ९४ र बिक्रीदर ८६ रूपैयाँ ३३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ४२ पैसा र बिक्रीमा ८६ रूपैयाँ कायम गरिएको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ १२ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ०७ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।















जुम्लामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
कामपाले १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफलमा प्रधानमन्त्री
लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया