सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा

खजुरा (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका–२० मा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ । नेपालगञ्ज नगरप्रमुख प्रशान्त विष्टले मङ्गलबार नवनिर्मित भवनको शुभारम्भ गरे । महिला–पुरुष अपाङ्गतामैत्री शौचालयसहित १६ शय्या (बेड) क्षमताको दुई ठूला कोठा र प्रशासनिक, नर्सिङ, स्टोर तथा १६ हस्पिटल बेड र १६ अक्सिजन सिलिन्डरसमेतको भवन सञ्चालनमा आएको हो ।
विसं २०७९ जेठ १७ गते निर्माण सुरु भएको भवन गत पुस २८ मा सम्पन्न भएको हो । रु एक करोड ८५ लाख लागतमा बहुउद्देश्यीय भवन बनेको छ । भवन तथा सामग्री लागत भने रु दुई करोड रहेको छ । कुल क्षेत्रफल एक हजार तीन सय २१ वर्गमिटर रहेकामा भवनले ओगटेको क्षेत्रफल भने तीन सय २५ वर्गमिटर छ ।
खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको मझौला र साना सहरमा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य पहलमार्फत कोभिड–१९ रोकथाम र नियन्त्रण आयोजनाले निर्माण गरेको सामुदायिक बहुउद्देश्यीय भवन नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
आयोजना व्यवस्थापन कार्यालय प्रमुख रत्नप्रसाद लामिछानेले नगरप्रमुख विष्टलाई भवन सम्भार र सञ्चालन तथा व्यवस्थापनका लागि स्वामित्वपत्र हस्तान्तरण गरेका छन् । सो अवसरमा नगरप्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको भवन सञ्चालन र व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गर्ने जनाउँदै स्थानीयको स्वास्थ्य सेवामा थप सहज पहुँच पुग्ने अवस्था बनेको बताए ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया