शुक्रबार, वैशाख ४, २०८३

बागमती सरकारबाट बाहिरियो कांग्रेस, समर्थन पनि फिर्ता

मेरोन्यूज २०८० फागुन २३ गते १८:२८

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेसका ६ मन्त्री बाहिरिएका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष राजीनामा बुझाएका हुन्।

उनीहरूको राजीनामासँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको विश्वासको मतसमेत फिर्ता लिएका छन्।

कांग्रेसबाट मन्त्री बनेका संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले पदबाट राजीनामा दिएका हुन् ।

प्रतिक्रिया