कन्याका लागी आजकाे दिन विशेष , अन्य राशिकाे कस्ताे छ ?

आज मिति २०८० साल फागुन २४ बिहिवार । फागुन कृष्ण द्वादशी ।पञ्चाङ्ग: वरियान कौलव उत्तरषाढा । मार्च ७ सन् २०२४
यस्ताे छ राशिफल
मेष : छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ। प्रणय सम्बन्ध प्रगाढ हुने समय छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्राविधिक कामबाट राम्रो फाइदा हुनेछ। रमणीय र सुखद यात्राको योग छ।
बृष : पुनर्मिलनको योग छ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालीन फाइदा पुग्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। प्रेमका कोपिलाहरू फक्रिएर जानेछन्।
मिथुन : स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रतिस्पर्धीले तपाईँको खुट्टा तान्ने प्रयास गर्न सक्छन्। माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो प्रेमले सताउनेछ।
कर्कट : धार्मिक कामका विभिन्न अवसर फेला पर्नेछन्। परिवारका सदस्यसँग भेटघाट हुनेछ। कार्यमा रुचि बढ्नेछ। सेयर बजारबाट राम्रो सफलता मिल्ला।
सिंह : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। शुभकार्य र नयाँ कार्यको योजना बन्नेछ। व्यवसायका लागि यात्राको सम्भावना छ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ।
कन्या : सफल यात्राको योग छ। शुभकार्यको चर्चा चल्नेछ। माया प्रेममा सामीप्यता बढेर जानेछ। वैदेशिक काममा सफलता मिल्नेछ। धार्मिक आस्था बढेर जानेछ। साँझमा पैसा खर्च हुने तथा चोटपटकको भय छ सचेत रहनुहोला।
तुला : भाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला। मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ।
बृश्चिक : कार्य सम्पादनमा सहजता मिल्नेछ। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
धनु : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। शुभकार्यको चर्चा चल्नेछ। इस्टमित्रसँग मेलमिलाप हुनेछ। पुनर्मिलनको योग छ।
मकर : एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ। सवारी साधन खरिद गर्ने योजना बन्नेछ। महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ। राजनीतिक चिन्तन बढ्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।
कुम्भ : समयमा होस नपुग्नाले काम रोकिन सक्छ। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। कसैले झुटो आश्वासन दिन सक्छन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।
मीन : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। दाम्पत्य सुखमा रमाउने समय छ। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ।
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया