भन्सार छली भित्र्याइएका सामान बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याइएको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र जिल्लाको धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरामद गरेको छ ।
प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ कालिदहबाट एक सय ४० बोरा प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । उक्त प्याज मोटसाइकल र साइकलमा ढुवानी गरी गोदाम गरिरहेका अवस्थामा बरामद गरिएको उनले जानकारी दिए ।
बरामद गरिएका चार मोटरसाइकलमध्ये एउटा भारतीय नम्बरप्लेट र तीन नेपाली नम्बरप्लेटका छन् । त्यस्तै सातवटा साइकल बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको प्याज, मोटरसाइकल र साइकल आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको प्रनाउ भट्टले बताए ।
यस्तै भारतबाट नेपालतर्फ अवैधरूपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको उपभोग्य सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले मङ्गलबार रोहिणी गाउँपालिका–३ स्थित धकधईबाट अन्दाजी रु दुई लाखबराबरको सामान बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको सामानमा फागुपूर्णिमाका लागि आवश्यक पर्ने पिच्कारी, रङ, बेलुन, जुत्ता र चप्पल, टिसर्टलगायत छन् । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रनाउ भट्टले जानकारी दिए ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया