विकास ऋणपत्रमार्फत ८ अर्बको आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन ३० गते विकास ऋणपत्र २०८८ ‘झ’ जारी गर्न लागेको हो। यो ऋणपत्र ८ वर्षे अवधिको हो। यसको साँवा भुक्तानी २०८८ फागुन ३० गते हुनेछ।
यो विकास ऋणपत्रको बोलकबोल आउँदो मंगलबार (फागुन २९ गते) दिउँसो ३ बजेसम्म हुने केन्द्रीय बैंकले जनाएको छ। यसको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ भने आर्जित ब्याजमा कर लाग्नेछ।
यसमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन्। ब्याजदर निर्धारण भने बोलकबोलबाट हुनेछ। यो ऋणपत्र धितोका रुपमा राखी कर्जा लिन वा दिन पाइनेछ। इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन पाउनेछन्।
राष्ट्र बैंकले प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोललाई क्रमशः निष्कासित रकमको ८५ प्रतिशत र १५ प्रतिशत अर्थात ६ अर्ब ८० करोड रुपैयाँ र १ अर्ब २० करोड रुपैयाँ छुट्याएको छ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने बैंकले स्पष्ट पारेको छ।













Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया