बिहीबार, माघ १, २०८२

सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँड भोलि

मेरोन्यूज २०८० फागुन २४ गते ११:२७

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओ प्रि अलोटमेन्ट आइतबार सम्पन्न गरी भोलि शुक्रबार बाँडफाँड गर्ने तयारी भएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १० लाख १२ हजार ३८४ जनाले आवेदन दिएका थिए । आइपीओमा ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

कम्पनीले फागुन १३ गतेदेखि आइपीओ निष्काशन गरेको थियो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया