शुक्रबार, वैशाख ४, २०८३

प्रधानमन्त्री प्रचण्डले आज संसदमा सम्बोधन गर्ने

मेरोन्यूज २०८० फागुन २४ गते ११:३३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्ने भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको हो ।

यस्तै दलका नेताहरूले पनि प्रतिनिधि सभा बैठकमा बोल्ने कार्यक्रम रहेको छ।

गत सोमबार प्रधानमन्त्री दाहालले कांग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाएका थिए। नयाँ सत्ता गठबन्धन दलहरूबाट २० सदस्यीय मन्त्रिपरिषद बुधबार गठन भई मन्त्रीहरूले शपथ लिएर कार्यभारसमेत सम्हालिसकेका छन्।

प्रतिक्रिया