बुधबार, पुष ३०, २०८२

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, ताेलाकाे कति पुग्याे ?

मेरोन्यूज २०८० फागुन २४ गते १२:०३

काठमाडौं। सुनको भाउले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार एकैदिन सुन तोलामा १ हजार ५ सय रुपैयाँ बढेको छ।

 नेपाल सुनचाँदी व्यवसाय माहासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार पुगेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको १ लाख २२ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो ।

विगत १ महिनामा ८ हजार रुपैयाँ बढीले सुनको भाउ बढेको छ । 

चाँदीको मूल्य पनि बढेको छ । चाँदी बिहीबार प्रतितोला १ हजार ४७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलाको १ हजार ४४० रुपैयाँ थियो ।

चाँदीको मूल्यले भने यसअघिका रेकर्ड तोड्न सकेको छैन । यसअघि पुस १२ गते चाँदीको मूल्य १ हजार ४ सय ९० रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया