मंगलबार, माघ १३, २०८२

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ- आफूसँग हुँदा इमान, अरुसँग जानेबित्तिकै बेइमान ?

मेरोन्यूज २०८० फागुन २४ गते १३:१७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भनेकामा आपत्ति जनाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले आफूसँग हुँदासम्म इमान र अरुसँग जानेबित्तिकै बेइमान भन्न नहुने बताएका हुन् ।

उनले भने, ‘कसैलाई कसैलाई मेरो कदम अस्थिर लाग्न सक्छ । भर्खरै कांग्रेसको संसदीय दल बैठकले राजनीतिक बेइमान भनेर निष्कर्ष निकालेको सुनेँ । अहिले कांग्रेस प्रतिनिधिले बोल्नु नै होला । तर, मैले संक्षिप्तमा भन्नुपर्दा विकासप्रतिको छटपटी र राजनीतक प्रतिवद्धताको कारणले मैले सोचिबिचारी कदम चालेको हो । यसलाई मुद्दाको आधारमा हेर्दा उचित हुन्छ । आफूसँग हुँदा इमान, अर्कोसँग जानेवित्तिकै बेइमान भन्ने हुँदैन । राजनीतिमा केही आशंका पैदा भएपछि यो अवस्था आएको हो ।’

प्रतिक्रिया