बिहीबार, पुष १७, २०८२

बाँकेमा चिर्पटले हानेर एक जनाको हत्या

मेरोन्यूज २०८० फागुन २४ गते १४:३५

जानकी (बाँके) । बाँकेमा गएराति चिर्पट प्रहार गरी एक जनाको हत्या गरिएको छ । बुधबार राति १ बजे बाँकेको खजुरा गाउँपालिका–५ रुद्रपुर नयाँ बस्ती बस्ने ४० वर्षीय सन्तोष कठरियाको चिर्पट प्रहार गरी हत्या गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

पाँचरछ जनाको अपरिचित समूहले मृतक कठरियालाई धारिलो चिर्पट दाउरा प्रहार गरी निर्घात घाइते बनाएको र घाइते कठरियाको उपचारका क्रममा नेपालगञ्ज नर्सिङहोममा राति नै मृत्यु भएको प्रजिअ पोखरेलले जानकारी दिए । उनका अनुसार अपरिचत समूह मृतकको घरमा लुटपाट गर्ने उदेश्यले गएको र सोही क्रममा कठरियालाई चिर्पट प्रहार गरी घाइते बनाएर लुटपाट गरेर फरार भएको थियो ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रजिअ पोख्रेलले बताए ।

प्रतिक्रिया