मंगलबार, माघ १३, २०८२

रेशम चौधरीलाई निर्वाचन आयोगले स्वीकारेन नाउपाको अध्यक्ष

मेरोन्यूज २०८० फागुन २४ गते १५:१६

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ ।

आयोगले चौधरी पार्टीको सदस्य बन्नसमेत अयोग्य ठहर गर्दै रञ्जीता श्रेष्ठ चौधरीलगायत पुरानै कार्यसमितिलाई मान्यता दिएको हो ।

नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । त्यस अनुसार नाउपाले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

उक्त निवेदनमाथि निर्णय गर्दै निर्वाचन आयोगले चौधरीलाई नाउपाको अध्यक्ष मान्न अस्वीकार गरेको हो ।

प्रतिक्रिया