सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश खतिवडा सेवा निवृत्त
मेरोन्यूज
२०८० फागुन २४ गते २१:११

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा आजदेखि सेवा निवृत्त भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशको ६५ वर्षे उमेरहदका कारण उनले सेवाबाट अनिवार्य अवकास लिएका छन् ।
न्यायाधीश खतिवडालाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा अन्य न्यायाधीशहरुले आज बिदाइ गरेका छन् । न्यायाधीश खतिवडा २०३९ चैत ७ गते न्याय सेवामा प्रवेश गरेका थिए । सरकारी वकिल समूहबाट न्यायाधीश बनेका उनी २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए।
सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशका रुपमा खतिवडाले २०८० साउन २१ गतेदेखि काम सुरु गरेका थिए । उनले वरिष्ठतम् न्यायाधीशको हैसियतमा न्याय परिषद् सदस्यको जिम्मेवारी समेत निर्वाह गरेका थिए ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया