वडाको आर्थिक सहयोगमा लोकसेवा तयारी कक्षा सुरु

मोरङ । मोरङको पथरीशनिश्चरेमा लोकसेवा तयारी कक्षा सुरु भएको छ ।
वडा नं. ३ र २ को आर्थिक सहयोगमा प्रफेक्ट मल्टिपल इन्ष्टिच्युट प्रा.लि.ले तयारी कक्षा थालेको प्रा.लि.का सञ्चालक युवराज चौलागाईले जानकारी दिए ।
वडा नं. ३ ले वार्षिक बजेटमा नै कार्यक्रम राखेर वडाका ३० जना युवाहरुलाई तयारी कक्षा गराइरहेको छ ।
वडाले अन्य थुप्रै तालिमहरु गारएको र यसवर्ष लोकसेवा तयारी गराएर युवालाई स्वदेशमै सरकारी जागिरमा प्रोत्साहन गर्न बजेट तथा कार्यक्रम राखिएको वडाध्यक्ष बिजय लिम्बुले बताए ।
यता वडा नं. २ ले भने लक्षित वर्ग अन्तर्गत महिला लक्षित कार्यक्रमको बजेटबाट लोकसेवा तयारी कक्षामा लगानी गरेको छ । वडाका १३ जना महिलालाई लोकसेवा तयारी गराएर सरकारी जागिरमा प्रोत्साहन गरेको वडा सदस्य चन्द्र कुमार राईले बताएका छन् ।
६० दिनसम्म सञ्चालन हुने तयारी कक्षामा वडा नं. ३ को २ लाख ३३ हजार, वडा नं. २ को ९९ हजार र प्रा.लि.को २५ प्रतिशत साझेदारी रहेको छ ।
२०७६ सालदेखि निरन्तर लोकसेवा, शिक्षक सेवा तथा अन्य भाषाका कक्षाहरु समेत सञ्चालन गरिरहेको प्रफेक्टले वार्षिक रुपमा थुप्रै विद्यार्थी पास गराउदै आएको छ ।
वडामा रहेका अतिविपन्न परिवारका, सरकारी जागिरमा चासो राख्नेहरुलाई निःशुल्क कक्षामा सहभागी गराउने गरेको चौलागाईले जानकारी दिए ।















समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त
अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
प्रतिक्रिया