आइतबार, फागुन ३, २०८२

सेनाका पूर्वपाइलट बिष्टको निधन

मेरोन्यूज २०८० फागुन २५ गते १९:००

धनगढी । सुदूरपश्चिमको बैतडीस्थित पुर्चौडीको कालागाउँ पुर्खयौली घर भएका नेपाली सेनाका एक पाइलट एवं पूर्वकर्नेल (रिटार्यड) को मृत्यु भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौंमा बस्दै आएका पूर्वकर्नेल सुवर्ण बिष्टको आज मृत्यु भएको हो। विष्टको हृदयाघात भएर मृत्यु भएको बताइएको छ। उनी बिहान आफैं गाडी चलाएर अस्पताल गएका थिए।

उनी नेपाली सेनाको सुदूरपश्चिमबाट पाइलट हुने पुराना पाँच जनामध्ये एक हुन्। उनी नेपाली सेनाका सिनियर क्याप्टेन अवकाश प्राप्त महासेनानी (फुल कर्णेल) हुन्। उनको आज राति पशुपती आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

प्रतिक्रिया