चितवनमा भएकाे सवारी दुर्घटनामा परि १ जनाकाे मृत्यु
मेरोन्यूज
२०८० फागुन २६ गते ६:४७

वीरगंज। चितवनमा भएकाे सवारी दुर्घटनामा वीरगन्जका एक पुरुषकाे मृत्यु भएकाे छ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ४० बर्षिय अमरदेव महताे रहेका छन्। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ प्रेमबस्तीस्थित सडकमा बिहीबार राति पाैने १२ बजेतिर नम्बर नखुलेको बाेलेराे गाडीले ना.१७ प ७३१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महताेकाे मृत्यु भएकाे हाे।
वीरगन्ज-३ छपकैयाका स्थानीबासी महताे भरतपुरकाे प्रेमबस्तीमा डेरा गरी बस्दै आएका थिए।उनले घर बनाउने मिस्रीकाे काम गर्ने गर्थे।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान डेढ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीको भनाई छ ।
सम्बन्धित
















सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया