पर्वतको बनौँलाई खुला बास्केटबल प्रतियोगिताको उपाधि

कास्की । पर्वतको बनौँ बास्केटबल टोली पोखरामा सञ्चालन भएको खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ । पुन एकता क्लब पोखराले महाशिवरात्रि पर्वका अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।
रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय प्रतियोगिताको आज सम्पन्न फाइनलमा कास्कीको मर्दीखोला बास्केटबल टिमलाई ७७–६७ स्कोरले हराउँदै बनौँले उपाधि जितेको हो । च्याम्पियन बनेको बनौँले रु एक लाख नगदसहित ट्रफी र मेडल पुरस्कार प्राप्त गर्दा उपविजेता मर्दीखोलाले रु ५० हजार पुरस्कारमा चित्त बुझायो ।
यसैगरी महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले उपाधि जितेको छ । फाइनलमा अमिचि क्याफेलाई ९–७ स्कोरले पराजित गर्दै अन्नपूर्ण च्याम्पियन बनेको हो । च्याम्पियन बनेको अन्नपूर्णले रु २० हजार र उपविजेता र अमिचिले रु १० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
भेट्रान्सतर्फ लामाचौर एक्स एबिसीलाई ५४–४० स्कोरले हराउँदै प्रथम भयो । उपाधि जितेको लामाचौरले रु ३५ हजार र द्वितीय भएको एबिसीले रु १७ हजार पाँच सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । प्रतियागितामा पुरुषतर्फ बनौँका पुस्कल छन्त्याल र महिलातर्फ अन्नपूर्णकी कुसुम गुरुङ र भेट्रान्सतर्फ लामाचौरका गमप्रसाद पुर्जा सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो ।
प्रतियोगिताको विजेता टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, कास्की जिल्ला बास्केटबल सङ्का अध्यक्ष कृष्ण गुरुङ, प्रतियोगिता संयोजक तथा कर्पाकेली परिवारका अध्यक्ष क्याप्टेन रनसिंह गर्बुजा, क्लबका अध्यक्ष सुदीप पुर्जालगायतले पुरस्कार वितरण गरे ।
समापान समारोहमा राखेप सदस्य गुरुङले प्रतियोगिताले आगामी वर्ष हुने दशौँ राष्ट्रिय खेलकुदमा खेलाडी उत्पादनमा सघाउ पुग्ने आफूहरुको अपेक्षा रहेको बताउनुभयो । यही फागुन २२ गतेदेखि सुरु भएको प्रतियोगितामा पुरुष, महिला र भेट्रान्स गरी तीन विधामा सञ्चालन गरिएको अध्यक्ष पुर्जाले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुषतर्फ १९, महिलातर्फ सात र भेट्रान्सतर्फ छ टिमको सहभागिता रहेको थियो ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया