प्रधानसेनापतिसँग जनमुक्ति सेनाका उपप्रमुखको भेट
मेरोन्यूज
२०८० फागुन २७ गते २०:०५

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालको भ्रमणमा रहेका चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख मेजर जनरल झाङ पाकुनले जङ्गी अड्डामा शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा उनीहरुले दुई छिमेकी देशका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच रहिआएको सम्बन्धका विविध पक्ष एवं आपसी चासोका विषयमा छलफल गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
शनिबारदेखि नेपाल भ्रमणमा रहेको उपप्रमुख पाकुन नेतृत्वको छसदस्यीय टोलीले काठमाडौँ, लुम्बिनी तथा पोखराका विभिन्न सांस्कृतिक र पर्यटकीयस्थलको भ्रमण गर्ने कार्यक्रम छ । चारदिवसीय भ्रमणका लागि नेपाल आएको उक्त टोली यही फागुन २९ गते स्वदेश फर्कनेछन् ।
सम्बन्धित













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया