नेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने

भक्तपुर । भक्तपुरमा अन्तर नगर महिला कब्बडी प्रतियोगिता हुने भएको छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा अन्तरनगर महिला कबड्डी प्रतियोगिता गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन २९, ३० र चैत्र १,२,३ गतेसम्म गर्न लागेको जानकारी गराइयो ।
पत्रकार सम्मेलनमा नगर प्रमुख सुनिल प्रजापतिले शहीद दिवसको अवसरमा प्रतियोगिता गर्न लागेको जनाए ।
प्रत्येक वर्ष एउटा अन्तरनगर खेलकुद प्रतियोगिता गर्ने योजना अनुसार यो वर्ष कबड्डी प्रतियोगिता गर्न लागेको उनले जानकारी गराए ।
त्यसका लागि आफनै संयोजकत्वमा एक सय ५१ सदस्यीय मूल समिति र ११ वटा उपसमितिहरू गठन गरिसकेको उनले जनाए । प्रतियोगितामा देशका विभिन्न १७ वटा नगरपालिकाहरूबाट भाग लिन नाम दर्ता गराइसकेको जनाइयो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु. १ लाख ५० हजार, दोस्रोलाई रु. १ लाख, तेस्रो र चौथोलाई रु. ५०÷५० हजार प्रतिसमूह नगद पुरस्कारको व्यवस्था गरेको सम्मेलनमा जनाइयो । साथै सहभागी खेलाडी र अफिसियलहरुलाई खाने र बस्ने व्यवस्था पनि गर्ने जनाइयो ।
फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने कबड्डी प्रतियोगिता उद्घाटन रयाली भक्तपुर नगरपालिका वडा नं ९ दत्तात्रय प्राङ्गणबाट बिहान १० बजे शुरु भई तचपाल, इनाचो, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दुधपाटी हुँदै नगरको मुख्य बजार परिक्रमा गरी शहिद स्मृति खेलमैदानमा पुगी उद्घाटन कार्यक्रम हुनेछ । प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) बाट गराउने कार्यक्रम तय गराइएको छ ।
नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथलेटिक्स, चौथो वर्ष बुद्धिचाल र गत वर्ष खो खो खेलको प्रतियोगिता सफलताका साथ सम्पन्न गरिसकेको छ ।
















हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया