शनिबार, वैशाख १९, २०८३

कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा पीएनजीलाई हराउँदै नेपाल फाइनलमा

मेरोन्यूज २०८० फागुन २९ गते १०:१४

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

Advertisement
NiccNicc

मगंलबार (आज) बिहान भएको खेलमा नेपालले पीएनजीविरुद्ध ८५ रनको फराकिलो जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको हो। 

एक सय ९९ रनको लक्ष्य पाएको पीएनजीले १६‍.१ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन जोड्यो।

नेपालका कुशल भुर्तेलले ४ र प्रतिस जिसीले २ तथा गुल्सन झा र आकाश चन्दले एक एक विकेट लिए। कुशलले ४ ओभरमा केवल १२ रन मात्र खर्चिएका थिए।

विवेक यादवले पनि एक विकेट हात पारे। जितसँगै नेपाल फाइनल पुगेको छ। अब पीएनजी र हङकङबीच हुने खेलको विजेताले नेपालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेको पीएनजी कुनै समय ८९-४ को स्थितीमा थियो। तर लगातार तीन बलमा तीन विकेट गुमाएको पीएनजी संकटमा परेको थियो। शृंखलाअन्तर्गत नेपाल र हङकङबीच भएको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो।

प्रतिक्रिया