मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
मेरोन्यूज
२०८० फागुन २९ गते ११:०४

काठमाडाैं। मितेरी डेभलपमेन्ट बैंकको ३ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनी सुलिन श्रेष्ठको नाममा रहेको ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले बुधबार (फागुन २९ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ, घरान १२, सुनसरी वा यस कम्पनीको सेयर रजिष्ट्रार प्रभु क्यापिटल कमलादी, काठमाडौंमा आफूले के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन पर्नेछ ।
तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेमा सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिनेछ ।
सम्बन्धित














तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया