भागिरथ माविलाई कृषि उपकरण हस्तान्तरण

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरको एक मात्र बाली बिज्ञान अध्ययन हुने विद्यालय भागीरथ माविलाई कृषि उपकरण वितरण गरेको छ। नगरले आज विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी हाते ट्याक्टर लगायतका कृषि उपकरणहरु हस्तान्तरण गरेको हो।
र्यापर १ थान, वाइडर १ थान, एजस्टेवल बेड फर्मर १ थान, केज व्ल १ थान, डिप टिलिङ ब्लेड पुडिङ १ थान, स्टयान्डर व्लेड सेट १ थान लगायतको कृषि उपकरणहरू वितरण गरिएको थियो। कृषि उपकरण वितरण कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापोले नगरको एक मात्र बाली विज्ञान अध्ययन हुने भागीरथ माविलाई शिक्षण सिकाईमा थप सहयोग मिलोस भन्ने हेतुले कृषि उपकरण सहयोग गरेको बताउदै आगामी दिनमा पनि शिक्षाको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा पथरीशनिश्चरे वडा नम्बर ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा सदस्य कल्पना श्रेष्ठ, समाजसेवी हिकमत श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र शिक्षक विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम विद्याल व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया