भागिरथ माविलाई कृषि उपकरण हस्तान्तरण

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरको एक मात्र बाली बिज्ञान अध्ययन हुने विद्यालय भागीरथ माविलाई कृषि उपकरण वितरण गरेको छ। नगरले आज विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी हाते ट्याक्टर लगायतका कृषि उपकरणहरु हस्तान्तरण गरेको हो।
र्यापर १ थान, वाइडर १ थान, एजस्टेवल बेड फर्मर १ थान, केज व्ल १ थान, डिप टिलिङ ब्लेड पुडिङ १ थान, स्टयान्डर व्लेड सेट १ थान लगायतको कृषि उपकरणहरू वितरण गरिएको थियो। कृषि उपकरण वितरण कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापोले नगरको एक मात्र बाली विज्ञान अध्ययन हुने भागीरथ माविलाई शिक्षण सिकाईमा थप सहयोग मिलोस भन्ने हेतुले कृषि उपकरण सहयोग गरेको बताउदै आगामी दिनमा पनि शिक्षाको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा पथरीशनिश्चरे वडा नम्बर ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा सदस्य कल्पना श्रेष्ठ, समाजसेवी हिकमत श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र शिक्षक विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम विद्याल व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया