कानुन क्षेत्रमा योगदान गर्नेलाई बुद्ध एयरको सम्मान

काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्ना संस्थापक अध्यक्षको स्मृतिमा पुरस्कार स्थापना गरेको छ । कम्पनीले कानुन तथा न्यायका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई ‘स्व सुरेन्द्रबहादुर बस्नेत पुरस्कार’ प्रदान गर्ने भएको छ ।
हरेक दुई वर्षमा नेपालमा कानुन तथा न्यायका क्षेत्रमा सुधार, अन्वेषणलगायत विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई पुरस्कार प्रदान गरिने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । उक्त प्रयोजनका निम्ति बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत तथा सर्वोच्च अदालत बार एशोसिएसनका सचिव अधिवक्ता श्यामकुमार खत्रीले आज सम्झौतामा हस्ताक्षर गरेका छन् ।
पुरस्कारका लागि बुद्ध एयरले रु २५ लाखको अक्षय कोष स्थापना गरेको छ । कोषबाट प्राप्त हुने ब्याजबाट हरेक दुई वर्षमा एक जनालाई सम्मान गरिने कम्पनीले जनाएको छ । बुद्ध एयरले पहिलो वर्षका लागि थप रु पाँच लाख रकम पनि प्रदान गरेको छ ।
सुरेन्द्रबहादुर बस्नेत बुद्ध एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्वन्यायाधीश थिए । उनी निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त तथा नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष हुन् । उनले विभिन्न समयमा नेपाल सरकारको मन्त्री तथा विभिन्न आयोगको अध्यक्ष भएर पनि सेवा पु¥याएका थिए ।

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
आज २६३औँ सेना दिवस मनाइँदै
प्रतिक्रिया