वृश्चिकका रोकिएका काम पुनः सुरु हुने, अन्य राशिकाे कस्ताे छ दिन?

आजमिति २०८० साल ,चैत्र १ गते तदअनुसार मार्च १४, २०२४ बिहिबार, शुक्लपक्षको पञ्चमी तिथि, भरणी नक्षत्र, वैघृति योग ।
मेष : टाढिएका मित्रसँग नजिकिने समय छ। कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। आकस्मिक धनलाभ हुनेछ। आफन्तको सहयोगले काम अगाडि बढ्नेछन्।
- शुभ रंग: रातो
- शुभ अंक – ८
वृष : कार्य सम्पादनमा सहजता नमिल्ला। स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ। जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। साँझमा भने आफन्तले सहयोग गर्नेछन्। प्रेमीको सहयोग प्राप्त हुनेछ।
शुभ रंग: निलो
- शुभ अंक – ५
मिथुन : मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। रमणीय र सुखद यात्राको योग छ। अति प्रिय व्यक्तिको यादले सताउन सक्छ। प्रेमका कोपिला फक्रिएर जानेछन्। प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गर्न सक्छन्, सजग रहनु होला।
शुभ रंग: रातो
- शुभ अंक – ३
कर्कट : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। कृषि कार्यमा सफलता मिल्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।
- शुभ अंक – ६
- शुभ रंग : सेतो
सिंह : भाग्योदय हुने योग छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ।
- शुभ रंग: हरियो
- शुभ अंक – ५
कन्या : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ। मनमा दुबिधा उत्पन्न हुनेछ। घर परिवारमा झै-झमेलाको अवस्था आउला। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ।
- शुभ रंग: हरियो
- शुभ अंक – ६
तुला : छोटो यात्रा तथा मान सम्मान मिल्नेछ। मित्रबाट विशेष सहयोग मिल्नेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहनेछ। प्रविधिमार्फत आफन्तसँग भेटघाट हुनेछ। वैदेशिक काम बन्नेछन्। अधुरो काम बन्न सक्छ।
- शुभ रंग: निलो
- शुभ अंक – ४
वृश्चिक : रोकिएका काम पुनः सुरु हुन सक्छन्। कुनै कुराले मनमा शान्ति छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। राजनीतिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ। प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ।
- शुभ रंग: रातो
- शुभ अंक – ९
धनु : रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। राजनीति तथा समाजसेवामा मन लाग्नेछ। इस्टमित्रसँग मेलमिलाप हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग मिल्ला। प्रेममा सफलता पाइनेछ।
- शुभ रंग: हरियो
- शुभ अंक – ६
मकर : अनावश्यक काममा सहभागिता जनाइनेछ। झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। कडा मिहिनेतले गरिएको कामबाट लाभ हुने सम्भावना छ।
- शुभ रंग: कालो
- शुभ अंक – ९
कुम्भ : घरमा अतिथिको आगमन हुनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्नेछ। प्रेमीबाट विशेष सहयोग मिल्नेछ। नयाँ कार्यको योजना बन्ने र विभिन्न अवसर जुर्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ।
- शुभ रंग: रातो
- शुभ अंक – ५
मीन : धनार्जनका नयाँ योजना पत्ता लाग्नेछन्। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्नेछ। घरपरिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ। रोमाञ्चक यात्रा होला।
- शुभ रंग: पहेलो
- शुभ अंक – ७
















रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
प्रतिक्रिया