सोमबार, माघ १२, २०८२

कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

मेरोन्यूज २०८० चैत १ गते १०:५४

काठमाडौं । कुवेतमा कारको ठक्करबाट सडक छेउमा बसेका तीन नेपालीको मृत्यु भएको छ । मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान त्यहाँको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा अछामको पन्चदेवल विनायक–५ का सुरत बहादुर कठायत, काठमाडौं नागार्जुन–२ का सुजन कार्की र धनुषा वेंगादवार–३ का धिरज गुर्मछाने मगररेको नेपाली राजदूतावास कुवेतले जनाएको छ । मृतकहरु कुवेतको एउटै कम्पनीमा कार्यरत सहकर्मी हुन् ।

कुवेतस्थित नेपाली दूतावासले मृतकका परिवार र उनीहरू काम गर्ने कम्पनीसँग सम्पर्क गरी शव नेपाल पठाउने तयारी भइरहेको जनाएको छ । स्थानीय नागरिक गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया