कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु
मेरोन्यूज
२०८० चैत १ गते १०:५४

काठमाडौं । कुवेतमा कारको ठक्करबाट सडक छेउमा बसेका तीन नेपालीको मृत्यु भएको छ । मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान त्यहाँको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा अछामको पन्चदेवल विनायक–५ का सुरत बहादुर कठायत, काठमाडौं नागार्जुन–२ का सुजन कार्की र धनुषा वेंगादवार–३ का धिरज गुर्मछाने मगररेको नेपाली राजदूतावास कुवेतले जनाएको छ । मृतकहरु कुवेतको एउटै कम्पनीमा कार्यरत सहकर्मी हुन् ।
कुवेतस्थित नेपाली दूतावासले मृतकका परिवार र उनीहरू काम गर्ने कम्पनीसँग सम्पर्क गरी शव नेपाल पठाउने तयारी भइरहेको जनाएको छ । स्थानीय नागरिक गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया