मरेर जाने अङ्ग अरुलाई दान गराैं : स्वास्थ्यमन्त्री यादव

काठमाडौँ । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मृत्युपछि अङ्गदान गर्न सबैलाई सुझाव दिएका छन् । विश्व मिर्गौला दिवसका अवसरमा वीर अस्प्ताल, त्रिवि शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतले आज गरेको प्रभातफेरि कार्यक्रममा उनले मरेर जाने शरीरका अङ्ग अरुलाई काम लाग्यो भने यसले जीवन बचाउन सक्ने बताए ।
उपप्रधानमन्त्री यादवले आफूले पनि यसअघि नै अङ्गदान गरिसकेको उल्लेख गर्दै अङ्गदानले जीवनलाई सार्थक बनाउने र यस्तो पुण्य काममा लाग्न सबैलाई आग्रह गरे। “मरेर जाने अङ्ग अरुलाई दान गर्दा केही बिग्रँदैन”, उनले भने, “मृत मस्तिष्क (ब्रेनडेथ) भएको अवस्थामा निकालिएको अङ्गले धेरैको जीवन बचाउन सक्छ ।” मिर्गौला दानबारे जनचेतना जगाउनुपर्नेमा कुरामा समेत उपप्रधानमन्त्री यादवले जोड दिए ।
रत्नपार्कको शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरि भृकुटीमण्डप, सहिदगेट हुँदै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुगेर समापन गरिएको थियो । प्रभातफेरिमा अङ्गदाता, अङ्ग प्रत्यारोपित, चिकित्सकलगायतको सहभागिता रहेको थियो ।
यसैबीच दिवसकै अवसरमा आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ । अङ्ग प्रत्यारोपितको समूह र चिकित्सक, स्वास्थ्यकर्मीको समूहबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको हो । सो खेलमा अङ्ग प्रत्यारोपितको समूह ४–१ गोलअन्तरले विजयी भयो ।
आज विश्वसहित नेपालमा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ विश्व मिर्गौला दिवस मनाइँदैछ । मिर्गौला मधुमेह, मोटोपन, खानपानमा असन्तुलन, उच्च रक्तचाप, मुटुरोगका कारणले खराब हुने गर्दछ ।
विश्वमा कुल जनसङ्ख्याको १० प्रतिशत नागरिक मिर्गौला रोगबाट पीडित रहेको तथ्याङ्क छ ।
















सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया