निलम्बित अध्यक्षबाट कैलालीमा कुटिए दुई शिक्षक

धनगढी। कैलालीमा निलम्बनमा परेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट २ शिक्षक कुटिएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–४ मा रहेको सरस्वती माध्यमिक विद्यालयका अध्यक्ष भनिएका भरतराज जोशीले २ शिक्षकलाई कुटपिट गरेका हुन्।
उनले नवराज भट्ट र मदनराज भाटमाथि कुटपिट गरेका प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनीहरूको बिचमा माइनियुटको विषयमा विवाद भएको हो। विद्यालयका अध्यक्ष रहेका जोशीलाई अभिभावक भेलाले हटाइको थियो। वडा अध्यक्ष तारा प्रसाद अधिकारीका अनुसार जोशीलाई अभिभावक भेलाले हटाउने निर्णय गरेको थियो। उनले सरस्वती पूजाको दोस्रो दिन कक्षा सञ्चालन गर्न भनेका थिए।
कक्षा १० का विद्यार्थीहरूलाई प्रश्न गर्ने र उत्तर नदिए, कक्षा ४ मा बसाल्ने गरेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोशीसँग शिक्षक तथा विद्यार्थीहरूको विवाद रहेको थियो। सोही विषयको विवाद लम्कीचुहा नगरपालिकाको नगर शिक्षा समिति हुँदै जिल्ला शिक्षा विकास इकाइसम्म आएको थियो। उनलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट निलम्बन गरिएको हो।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट निलम्बन गरिएको निर्णयको माग गर्दै जोशी बिहीबार विद्यालय गएका थिए। विद्यालयका प्रधानाध्यापकसँग उनको विवाद सुरु भएका बेला शिक्षकहरू भाट र भट्ट प्रवेश गरेका हुन्। शिक्षकहरूलाई जोशीले नकले हानेका छन्। उनलाई इलाका प्रहरी कार्यालय, लम्कीले नियन्त्रणमा लिएको छ। दुबै शिक्षकहरूको उपचार हुँदैछ।ब
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया