भ्रष्टाचारको बोझ घण्टीले बोक्दैछ, राप्रपामा गएर मिश्रले ठूला कुरा गर्न मिल्दैन: अध्यक्ष गुरुङ

रामेछाप । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुण दलको गौरवमय इतिहास भएको र यसले राणा शासनविरुद्ध सङ्घर्ष गरी त्यसको अन्य गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।
शुक्रबार नेपाल तरुण दल रामेछापको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्रै गुरुङले नेपालको रक्षा र महिलाहरूको अधिकारको लागि गाउँ-गाउँमा पुगेर तरुण दलले राजनीतिक चेतना र कांग्रेसको विचार जनतामा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताए।
अध्यक्ष गुरुङले नेपालमा भएको ससस्त्र युद्धको नाममा माओवादीले हतियार उठाइ पहिलो आक्रमण तरुण दललाई गरेको स्मरण गरे। उनले भने, ‘जनयुद्धमा हाम्रा धेरै साथीहरूको ज्यान गुमेको थियो। रामेछापको यस मञ्चबाट ती सबै सहिदहरुप्रति म सलाम गर्न चाहन्छु।’
यस्तै उनले तरुण दल जहिले पनि नेपालको विप्पतमा अग्र स्थानमा गएर काम गर्ने बताए। उनले भने, ‘हिजो हामी सामन्तीको विरुद्धमा संघर्समा थियौँ। अहिले हामी रोजगार, कृषि र आर्थिक संघर्समा छौं। नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ भनी अहिले तरुण दल संघर्समा छ।’
कार्यक्रममा उनले गठबन्धन टुटेको र त्यो गठबन्धन कांग्रेसले चाहेर बनाएको नभएको बताए। उनले गठबन्धन टुटेर कांग्रेसलाई कुनै असर नपर्ने बताए।
देशमा दुई-दुई वर्षमा नयाँ पार्टीहरू आउने गर्छन्। उनीहरूले टुल-ठुला कुरा गर्ने गर्छन् तर र तीन वर्षमा पत्ता साफ भएर जान्छन्। अध्यक्ष गुरुङले भने, ‘निर्वाचनमा हामीले भनेका थियौँ। धेरै घण्टी (राष्ट्रिय स्वातन्त्र पार्टी)को विश्वास नगर्नुस्। अहिले राप्रपामा गएका रवीन्द्र मिश्र नेपालको लोकतन्त्रको विषयमा हामी भन्दा धेरै ठुला कुरा गर्नुहुन्छ। तर आज राजा आऊ देश बचाउ भन्ने पार्टीमा हुनुहुन्छ बाहाँहरू।’
गुरुङले अहिले घण्टीले कांग्रेस विरुद्ध भ्रम छर्दै गएको बताए। उनले यो दुई वर्ष भित्र कम्युनिष्टहरुका विभिन्न भ्रष्टाचारका बोझ यही घण्टीले भोग्ने र यस्ता पार्टीलाई नेपाली जनता र इतिहासले माफ नदिने बताए।
यस्तै उनले हिजो रामेछापमा भएको आगालागि बाट भएको क्षतिमा तरुण दलका कार्यकर्ताहरूलाई सहयोगमा जुट्न आग्रह गरे। कार्यक्रममा जिल्लाका हजारौं तरुण तथा शुभचिन्तकहरू उपस्थित थिए।
















Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह
प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया