मंगलबार, पुष २९, २०८२

आज कुन विदेशी मुद्राको मूल्य कति ?

मेरोन्यूज २०८० चैत ५ गते ८:०९

काठमाडौं।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

यसैगरी आज अमेरिकी डलर एकको खरिद दर १३२.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९१ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.०७ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.७३ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.३४ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८१ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२० रुपैयाँ रहेको छ।

क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ ७० पैसा र बिक्री दर ९८ रुपैयाँ १५ पैसा तथा अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ८१ पैसा र बिक्री दर ८७ रुपैयाँ २० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया