बुधबार, वैशाख १६, २०८३

बागलुङमा बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु, २५ घाइते

मेरोन्यूज २०८० चैत ५ गते १९:५७

बागलुङ । बागलुङमा सोमबार साँझ एउटा यात्रु बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार अन्य २५ यात्रु पनि घाइते भएका छन्। 

Advertisement
NiccNicc

पश्चिम रुकुमबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। 

बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेको उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरीले जनाए।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्ने तथा घाइतेहरू पनि बढी हुन सक्ने प्रहरीको भनाइ छ। 

उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरूको विवरण आउन नसकेको प्रहरीले उल्लेख गरेको छ। 

प्रतिक्रिया