बजेटमा आर्थिक विकासका ठोस योजना हुनुपर्छ : सांसद

काठमाडौँ । सांसदहरूले आगामी बजेट र कार्यक्रममा केवल आश्वासन नभइ विद्यमान आर्थिक समस्या समाधानको ठोस योजना हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलका क्रममा सांसदले बेरोजगारी समस्याको समाधान र किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउन आग्रह गरेका हुन् ।
सांसद गोकुलप्रसाद बाँस्कोटाले अघिल्लो अर्थमन्त्रीबाट उक्त प्रस्ताव आएकाले अहिले स्वामित्व लिन नसकिने भएकाले पुनःलेखन गर्न माग गरे । “मैले यसमा छलफल गर्न त्यति आवश्यक ठानेको छैन । अहिले जे आएको यसले मुलुकको समस्या सम्बोधन गर्न सक्दैन । पुनःलेखन गरेर अर्को आउँछ भने छलफलको आवश्यकता नै पर्दैन ।”, उनले भने, “दुई चार वर्षदेखि नै त्यही कुरा छ । एउटा मलकारखाना भनिएको छ । मल दिन त सक्या छैन कारखाना कहिले हो रु खोक्रो आश्वासन बाँड्ने गरी सिद्धान्त नबनाऔँ । काम गर्न, पढन र स्वास्थ्य उपचारका निम्ति बाहिर जानुपर्ने अवस्था छ यस्तो कहिले अन्त्य हुन्छ रु मुख्य प्रश्न यही छ ।”
सांसद सोबिता गौतमले दिगो विकास लक्षित विकास नीति, पर्यटन नीति र कृषि शैक्षिक हबका रुपमा विकास गर्न सुझाव दिए । सांसद विनोद चौधरीले विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्नुपर्ने बताउँदै भने, “रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा पुनःलगानी गर्न नसक्नु अत्यन्त दुःखद अवस्था हो । पर्यटनमा नयाँ गन्तव्य खोल्न नसक्नु, निर्माण सम्पन्न भएका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसक्नु र लुम्बिनीमा पर्यटन प्रर्वद्धन गर्न नसक्नुजस्ता समस्या यथावत छन् । तिनको समाधान खोजिनुपर्छ ।”
सांसद जुलीकुमारी महतोले देशको अर्थतन्त्रलाई लयमा अघि बढाउन सिद्धान्त र प्राथमिकतामा ठोस कुरा नभएको बताए । उनले अर्थतन्त्रको समस्या र चुनौती पहिचान प्रस्तुत प्रस्तावले गर्न नसकेकाले पुर्नलेखनको माग गरे ।
सांसद महेन्द्रबहादुर शाहीले देशको अर्थतन्त्रलाई उत्पादनमा बढी केन्द्रित हुनुपर्ने जनाउँदै भने, “हामीसँग अथाह साधन स्रोत छ तर अहिले हामी मानव विकासको सूचाङ्कमा सबैमा पछाडि छाँै । त्यसकारण सरकारले बृहत् गुरुयोजना पेश गर्न जरुरत छ ।”विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्तावका विषयमा आगामी बैठकमा पनि छलफल हुनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत ६ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया