मंगलबार, वैशाख १५, २०८३

बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी पक्राउ 

मेरोन्यूज २०८० चैत ७ गते १९:२४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेकी छन्। पक्राउ पर्नेमा नुवाकोटको ककनी घर भई हाल काठमाडौंकाे गोकर्णेश्वर बस्ने ३८ वर्षीय विद्या गुरुङ रहेकी छन्।

Advertisement
NiccNicc

न्हुच्छे माया श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विद्या गुरुङ भएको बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ साल असार १९ गतेको फैसलाले तिन दिन कैद र बिगो आठ लाख जरिवाना तोकी फरार रहेकी गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंगलबार जोरपाटीबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया