शनिबार, चैत २८, २०८२

नेकपा एसले मनाङेलाई स्पष्टीकरण सोध्ने

मेरोन्यूज २०८० चैत ७ गते १९:४७

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी गण्डकीका स्वतन्त्र सांसद तथा हाल कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भएका दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने भएको छ। बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। 

Advertisement
nepal life insurencenepal life insurence

दीपक मनाङे पहिला आफ्नो पार्टीमा प्रवेश गरेको र पार्टी प्रवेश गरेकाले आफूहरूले मन्त्रीसमेत बनाएकोमा अहिले कुनै छलफल नै नगरी समीकरण बदलिएको अवस्थामा मन्त्री बन्न गएकाले स्पष्टीकरण सोध्नु परेको सचिव जीवनराम श्रेष्ठले बताए। उनलाई प्रदेश कमिटीलाई स्पष्टीकरण सोध्न निर्देशन दिइएको छ।

२०७९ को निर्वाचनमा मनाङे प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर मनाङ १ (ख) बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया