राजमार्गका पसल र होटलबाट म्याद नाघेका पेयपदार्थ भेटिए

म्याग्दी । राष्ट्रिय राजमार्ग कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा रहेका पसल र होटलमा म्याद नाघेका मदिरा र पेयपदार्थ भेटिएको छ ।
पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले आज गरेको बजार अनुगमनका क्रममा तिप्ल्याङका होटल तथा पसलमा एक वर्षअघि नै म्याद नाघेका पेयपदार्थ र मदिरा बिक्रीका लागि राखेको पाइएको हो ।
अनुगमन टोलीको नेतृत्व गरेका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषानाथ शर्माले १७ वटा होटल तथा पसलमा अनुगमन गर्दा रु ३० हजार मूल्य बराबरको म्याद नाघेका पेयपदार्थ र मदिरा भेटिएको जानकारी दिए ।
उनका अनुसार बिक्रीका लागि राखिएका बियर, कोक, फेन्टा, भुजा र फुरनदानाको म्याद नाघेको पाइएको थियो । सबैभन्दा बढी म्याद नाघेका सामान नमस्ते होटलमा भेटिएको थियो । “एक वर्षअघि नै म्याद नाघेका सामान बिक्रीका लागि राखेको भेटियो”, कार्यालयका कर्मचारी सन्तोष ढुङ्गानाले भने, “पहिलो पटक भएकाले व्यवसायीलाई सचेत बनाएर म्याद नाघेका सामान डिलर कहाँ फिर्ता पठाउन लगाएका छौँ ।”
सो ठाउँमा अर्को पटक बजार अनुगमनका क्रममा म्याद नाघेका सामान बिक्रीका लागि राखेको जफत र नष्ट गर्नुका साथै जरिवाना तिराउने कार्यालयले चेतावनी दिएको छ । तिप्ल्याङ म्याग्दी हुँदै मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र पाहुनाले खाजा खाना खाने व्यापारिक केन्द्र हो ।
जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय, अस्थायी प्रहरी बिट तिप्ल्याङका प्रतिनिधि र पत्रकारको टोलीले अनुगमन गरेको थियो । चालु आर्थिक वर्षको हालसम्म नौ पटक एक सय ६० वटा उद्योग, व्यवसायको अनुगमन गरेको कार्यालयले जनाएको छ ।
















बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया