राजमार्गका पसल र होटलबाट म्याद नाघेका पेयपदार्थ भेटिए

म्याग्दी । राष्ट्रिय राजमार्ग कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा रहेका पसल र होटलमा म्याद नाघेका मदिरा र पेयपदार्थ भेटिएको छ ।
पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले आज गरेको बजार अनुगमनका क्रममा तिप्ल्याङका होटल तथा पसलमा एक वर्षअघि नै म्याद नाघेका पेयपदार्थ र मदिरा बिक्रीका लागि राखेको पाइएको हो ।
अनुगमन टोलीको नेतृत्व गरेका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषानाथ शर्माले १७ वटा होटल तथा पसलमा अनुगमन गर्दा रु ३० हजार मूल्य बराबरको म्याद नाघेका पेयपदार्थ र मदिरा भेटिएको जानकारी दिए ।
उनका अनुसार बिक्रीका लागि राखिएका बियर, कोक, फेन्टा, भुजा र फुरनदानाको म्याद नाघेको पाइएको थियो । सबैभन्दा बढी म्याद नाघेका सामान नमस्ते होटलमा भेटिएको थियो । “एक वर्षअघि नै म्याद नाघेका सामान बिक्रीका लागि राखेको भेटियो”, कार्यालयका कर्मचारी सन्तोष ढुङ्गानाले भने, “पहिलो पटक भएकाले व्यवसायीलाई सचेत बनाएर म्याद नाघेका सामान डिलर कहाँ फिर्ता पठाउन लगाएका छौँ ।”
सो ठाउँमा अर्को पटक बजार अनुगमनका क्रममा म्याद नाघेका सामान बिक्रीका लागि राखेको जफत र नष्ट गर्नुका साथै जरिवाना तिराउने कार्यालयले चेतावनी दिएको छ । तिप्ल्याङ म्याग्दी हुँदै मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र पाहुनाले खाजा खाना खाने व्यापारिक केन्द्र हो ।
जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय, अस्थायी प्रहरी बिट तिप्ल्याङका प्रतिनिधि र पत्रकारको टोलीले अनुगमन गरेको थियो । चालु आर्थिक वर्षको हालसम्म नौ पटक एक सय ६० वटा उद्योग, व्यवसायको अनुगमन गरेको कार्यालयले जनाएको छ ।
















आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल राशिफल ?
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया