ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी गरिएको छ ।
सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी भने जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने गरी उक्त क्षेत्र चौबिसै घण्टा खुलाउन लागिएको गृह मन्त्रालयले जनाएको छ ।
ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबिसै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । सोही अनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहको निर्देशनअनुसार आवश्यक तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । “आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ,” काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, “सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौं ।” हाल दुवै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको पनि काठमाडौँ प्रशासनले जनाएको छ ।
















डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया