किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’ जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो ।
गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार ६० प्रतिशत अनुदानमा मकैको बीउ उपलब्ध गराइएको हो । इच्छाकामना गाउँपालिकाका किसान मकै छर्ने तयारीका लागि खेतबारीमा व्यस्त छन् । खनजोत उनीहरूको प्रमुख दिनचर्या बनेको छ । गाउँपालिकाले हाल सम्म ५७ क्विन्टल मकैको बीउ वितरण गरिसकको उनले बताए। गाउँपालिकाले सातै वडामा ६० क्वीन्टल मकैको बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए ।
इच्छाकामना गाउँपालिकाका किसानहरुको मुख्य खाद्य बाली मकै हो ।गाउँपालिका कृषि शाखाका अनुसार इच्छाकामनाको सात वटै वडामा एक हजार पाँच सय भन्दा बढी हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया