बसमा सँगै बसेका व्यक्तिको लोभमा पर्दा…

काठमाडौँ । अपरिचित व्यक्तिसँग एकैछिनको चिनजानका भरमा उनको विश्वासमा पर्दा ठूलो आपत मात्रै होइन, आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने उदाहरण हालैको एक घटनाले देखाएको छ।
पोखरा जान लागेकी एक महिला त्यस्तै गिरोहका फन्दामा परेकी छिन्। उनी भारत पुगेर पनि बेचिनबाट त जोगिइन्, तर ठगीमा परिन्। लोभमा गिरोहसँग बिहे गर्न पुगिन्। नवलपुरको कावासोती घर भएका दुर्गाबहादुर पौडेल क्षेत्रीको विश्वासमा पर्दा ती महिला बेचबिखन तथा ठगीमा परेकी छिन्।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ती महिला काठमाडौंबाट साथी भेट्न पोखरा जाने क्रममा सँगै बसको सिटमा पौडेल भेटिएका थिए। यात्राकै क्रममा उनीहरूबीच कुरा हुँदै जाँदा प्रलोभनमा पारी विवाह गरेर महिलालाई बिक्रीको प्रयास गरेको पाइएको छ।
पीडितकै रु. ६ लाखसमेत उनले ठगी गर्न सफल भएका छन्। ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उनले सुरुमा आफू अविवाहित रहेको, तिमी मलाई मनपर्यो, म तिम्रो बहिनीको उपचारका लागि पूर्ण सहयोग गर्छु, मिर्गौलाको उपचार गर्ने डाक्टर चिनेको छु भनी बुटवल पुर्याएर बिहे गरी बेचबिखन गरेको पाइएको हो।
उनले आफन्तहरूबाट सापट मागेर पीडितकी बहिनीको उपचारका लागि रु. ७० लाखभन्दा बढी पैसा जम्मा गरिदिएको छु, त्यो निकाल्न रु. ६ लाख लाग्छ भनी पीडितबाट रु. ६ लाख लिएर ठगी गरेको पाइएको मिश्रले जानकारी दिए।
उनले मिर्गौलाको उपचार गर्ने डाक्टर चिनेको छु भनी बुटवल लगी आफ्नै साथीलाई डाक्टरका रूपमा देखाई झुक्यानमा पारेको पनि खुल्न आएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उनले विभिन्न बहाना बनाई मानव बेचबिखन गर्ने उद्देश्यले पटकपटक नेपालको सीमानजिक भारतको बजार पुर्याइएकामा चेलिबेटी बेचबिखनविरुद्ध संस्थामा कार्यरत महिलाले बेचबिखनमा पर्न सक्ने जानकारी गराएपश्चात् महिला नेपाल फर्की आएकी थिइन्।
त्यसपछि पीडित महिलाले ब्युरोमा दिएको जाहेरीका आधारमा ब्युरोले पक्राउ गरी उनीविरुद्ध अहिले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेको मिश्रले बताए।

















प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही
कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस
सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया