आइतबार, चैत १, २०८२

नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई मन्त्री भण्डारीको आग्रह

मेरोन्यूज २०८० चैत ९ गते १८:२८

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले लगानीमैत्री वातावरण बनाउन उच्च प्राथमिकता दिएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

न्यूज बिजनेस एज प्रालिद्वारा आज यहाँ आयोजित आठौँ संस्करणको ‘न्यूबिज बिजनेस कनक्लेभ एण्ड अवार्ड’ वितरण कार्यक्रममा उनले लगानीमैत्री वातावरण बनाउन द्रूतगतिमा आवश्यक कानुन संशोधनको तयारीमा सरकार जुटेको बताए।

आगामी वैशाख १५ र १६ गते सरकारले लगानी सम्मेलनको आयोजना गर्न लागेको जानकारी गराउँदै मन्त्री भण्डारीले नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी व्यवसायीलाई आग्रह गर्नुभयो । साना तथा मझौला उद्योगको प्रवर्द्धनमा सरकार अग्रसर भइरहेको जनाउँदै उनले रुग्ण अवस्थामा पुगेका उद्योग सञ्चालनका लागि अध्ययन गरिने बताए ।

‘कठिन समयमा व्यापार अवसर’ विषय कार्यक्रममा उनले छिट्टै सरकारले वाणिज्य नीति समयानुकूल परिमार्जन गर्ने जानकारी दिए । उद्योगी तथा व्यवसायीका समस्या समाधानका लागि सरकार संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले निजी क्षेत्र समृद्ध नभएसम्म देशको अर्थतन्त्र माथि उठ्न नसक्ने बताए ।

कार्यक्रममा भारतको उद्योग वाणिज्य महासङ्घका वरिष्ठ सल्लाहकार मानव मजुमदार, युनिलिभरका प्रबन्ध निर्देशक अमलान मुखर्जी, निम्बुस होल्डिङ प्रालिका प्रबन्ध निर्देशक आनन्द बगरिया र भाइनेट कम्युनिकेशनका प्रमुख कार्यकारी अधिकृत सेवा पाठकले कठिन समयमा व्यापार अवसर विषयमा आ आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया