अंग्रेजलाई युद्धमा हराएको सम्झनामा फागु बैरिया मेला महोत्सव सुरु

रौतहट । अंग्रेज सेनालाई युद्दमा हराएको सम्झनामा रौतहटको ऐतिहासिक धर्ती समनपुरमा शुक्रबारदेखि फागु बैरिया मेला महोत्सव सुरु भएको छ।
अंग्रेज युद्धसँग सम्बन्धित रहेको रौतहटको गढीमाई नगरपालिका १ समनपुरमा प्रत्येक वर्ष लाग्दै आएको ऐतिहासिक फागु बैरिया मेला महोत्सव शुक्रबारदेखि शुरु भएको हो। रौतहट निर्वाचन क्षेत्र ४ का संघीय सांसद देव प्रसाद तिमल्सिनाले एक कार्यक्रमका बीच समनपुर फागु बैरिया मेला महोत्सवको उद्घाटन गरेका हुन्।
महोत्सव उद्घाटनसत्रमा जनप्रतिनिधिको साथै नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो। मेला उद्घाटन गर्न आएका सांसद तिमलसिनालाई गढिमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले दोसल्ला ओढाएर सम्मान गरेका थिए।
उदघाटन समारोहमा प्रदेश सांसद तथा राज्यमन्त्री अबुल कलाम आजाद, मेयर यादव, बिरदल गण गौरका प्रमुख कर्णेल गंगा बहादुर बिष्ट, उपमेयर, वडा अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो।
शुक्रबारदेखि सुरु भएको मेला ५ दिनसम्म अर्थात होली पर्वको भोलि पल्टसम्म लाग्ने बताइएको छ। कुनै समय नेपाल र अंग्रेजबीच भएको युद्धमा समनपुरवासीले अंग्रेजलाई परास्त गरेको सम्झनामा समनपुरमा प्रत्येक वर्ष यसै समयमा मेला लाग्दै आएको छ। सोही समय देखि समनपुर लाई लडईया समनपुर समेत भन्ने गरिन्छ।
सन् १८१४-१६ मा नेपाल-अंग्रेजबीच भएको युद्धमा स्थानीय समनपुरबासीले अंग्रेजलाई धपाएको थियो भने धेरै हातहतियार समेत खोसेको इतिहास छ। सोही घटनाको सम्झनामा वर्षेनी लाग्ने समनपुरमा लाग्ने मेलामा विभिन्न गाउँ र सर्लाही जिल्लाबाट सर्वसाधारण पुग्ने गरेका छन्।
सर्लाही र रौतहटका विभिन्न गाउँबाट हजारौं पसले तथा विभिन्न खेलतमासा मेलामा पुगेका छन्। होलीका सरसामान किन्नेहरूका लागि मेला पहिलो रोजाईमा पर्ने देखिएको छ। मेलामा होलीका लागि अत्यावश्यक सरसामान किन्नुपर्ने भएकाले मेलामा आउनेहरूको संख्यामा वृद्धि भएको एकजना वडा अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताएका छन्।

















Hridayachandra Memorial Award conferred on Ram Binaya
16 days left to go for elections: Number of candidates opening bank account on rise
यस्ताे छ आज सुनचाँदीकाे मूल्य
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
प्रतिक्रिया