बंगलादेशका पारवहनमन्त्री चौधरी पूर्वी नाका हुँदै नेपाल भ्रमणमा

झापा । बंगलादेशका पारवहनमन्त्री खालिद महम्मद चौधरी पूर्वी नाका काँकडभिट्टा हुँदै शनिबार नेपाल भ्रमणमा आएका छन् ।
मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीका अनुसार, काठमाडौंमा शनिबारैदेखि आयोजना हुने नेपाल र बंगलादेशबीच मन्त्रिस्तरीय वार्तामा सहभागी हुन बंगलादेशी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पारवहनमन्त्री चौधरी काँकडभिट्टाको स्थलमार्ग हुँदै नेपाल आएका हुन् । सो अवसरमा उनले यहाँस्थित सुक्खा बन्दरगाहको अवलोकन गरे ।
मन्त्री चौधरीलाई मेची भन्सार कार्यालयका प्रमुख रेग्मी र काँकडभिट्टा सुक्खा बन्दरगाहका प्रमुख अम्बिका सुवेदीले नेपाल तथा बंगलादेशबीचको पारवहन मार्गको सञ्चालन, द्विदेशीय व्यापारलगायत विषयमा जानकारी गराएका थिए ।
मन्त्री चौधरी नेपाल–बंगलादेशबीचको स्थल पारवहन मार्गको बंगलादेशी नाका बंगलाबन्ध हुँदै भारत आएका थिए । नेपाल आउनुअघि उनले भुटानको फुन्चोलिङस्थित नवनिर्मित सुक्खा बन्दरगाहको पनि अवलोकन गरेको बताइएको छ ।
कोभिड–१९ महामारीका कारण भएको बन्दाबन्दीपश्चात् पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्न चाहने भुटानीबाहेक तेस्रो मुलुकका नागरिकलाई भारतले प्रवेशाज्ञा अनुमति दिएको थिएन । चार वर्षयता पूर्वी नाका भएर नेपाल आउने उनी पहिलो बंगलादेशी उच्चस्तरीय पाहुना हुन् ।
मन्त्री चौधरीको नेतृत्वमा आएको नौ सदस्यीय प्रतिनिधिमण्डललाई मेची भन्सार कार्यालयका प्रमुख रेग्मी, बन्दरगाहकी प्रमुख सुवेदी, काठमाडौंस्थित बंगलादेशको दूतावासका उपप्रमुख इसरात जहानलगायत अधिकारीले स्वागत गरे ।
बंगलादेशको प्रतिनिधिमण्डलमा बंगलादेश स्थल बन्दरगाह प्राधिकरणका अध्यक्ष महम्मद जिलुर रहमान चौधरी, बंगलादेश पारवहन मन्त्रालयका संयुक्त सचिव मुन्सी महम्मद मोनिरुज्मान, बंगलादेश स्थल बन्दरगाह प्राधिकरणका सञ्चालक समितिका सदस्य जियाउद्दिन अहमद भुइयान, बंगलादेश पारवहन मन्त्रालयका वरिष्ठ सूचना तथा जनसम्पर्क अधिकृत महम्मद जाहगिर आलम खान, बंगलादेशको विदेश मन्त्रालयका सहसचिव महम्मद माहादे आलम बिन्टु, बंगलादेश स्थल बन्दरगाह प्राधिकरणका सुपरिवेक्षक महम्मद हसन, आइमा इन्टरनेसनल बिडी लिमिटेडका अध्यक्ष खालिलुर रहमान र पारवहनमन्त्री चौधरीका निजी सचिव महम्मद मुक्तादिर हुसेन छन् । उक्त प्रतिनिधिमण्डल चन्द्रगढी विमानस्थल हुँदै आजै काठमाडौं प्रस्थान गर्दै छ ।


















विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
नेपाल लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट
एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङमा सुधार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु
Two die in fire, one in road accident in Udaypur
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया