कवि बानियाँ र चित्रकार राई पुरस्कृत

खोटाङ । टेम्के–तुवाचुङ प्रतिष्ठान खोटाङले कवि वम बानियाँ र चित्रकार सन्तोष राईलाई ‘टेम्के–तुवाचुङ पुरस्कार’ प्रदान गरेको छ । कवि बानियाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का बासिन्दा हुन।
साहित्यको माध्यमबाट जिल्लालाई पु¥याएको योगदानको कदर गर्दै कवि बानियाँलाई तथा खोटाङको कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएकमा चित्रकार राईलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले जानकारी दिए । प्रतिष्ठानले छैटौँ वार्षिकोत्सवको अवसरमा दिक्तेलस्थित मुडेमा आज दुवैजनालाई जनही रु ११ हजार एक सय ११ राशिको पुरस्कार प्रदान गरेको हो । कवि बानियाँका ‘जागै छन् शब्दहरु’ र ‘मान्छे जोत्ने शहर’ कविता सङ्ग्रह प्रकाशित छन् ।
उनी राष्ट्रिय बालअधिकार परिषद् नेपालका उपाध्यक्षसमेत हुनुहुन्छ । यस्तै चित्रकार राई निसर्ग बाटिका र पाठशाला नेपाल फाउण्डेशनमा कला प्रशिक्षकका रुपमा कार्यरत हुन् । दुवैजनालाई जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले ताम्रपत्र र नगद पुरस्कार हस्तान्तरण गरे । प्रतिष्ठानले जिल्लाको भाषा, कला, साहित्य, खेलकुदलगायत क्षेत्रमा विशेष योगदान पु¥याउने प्रतिभालाई हरेक वर्ष ‘टेम्के तुवाचुङ पुरस्कार’ प्रदान गर्दै आएको अध्यक्ष एक्लेले बताए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया