लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्रीको टोलीद्वारा सडक निरीक्षण

लुम्बिनी । लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री लीला गिरीको टोलीले बेलबास–बेथरी–मर्चवार–खैराघाट सडकअन्तर्गत गुरवनिया–मर्यादपुर सडक खण्ड निर्माण कार्यको आज निरीक्षण गरेको छ ।
निर्माण अलपत्र रहेको उक्त सडक खण्डको पूर्वमुख्यमन्त्री गिरीको टोलीले स्थलगत रुपमा मर्चवार पुगेर निरिक्षण गरेको हो । स्थगलगत निरीक्षणपश्चात् गिरीले मर्चवार क्षेत्रको सडक विस्तारका लागि सरोकारवाला निकायसँग समन्वय गरी समस्या समाधान गरिने बताए । उनले मर्चवारको समृद्धिको मुख्य आधारका रुपमा रहेको चार लेन सडकको निर्माण कुनै बहनामा रोकिन नहुने बताए । निरीक्षणमा नेता गिरीसँगै राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, पूर्वसांसद दधिराम न्यौपाने, सुनिता ठटेर, प्रदेशसभा सदस्य कन्हैया बानिया, पालिकाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र नागरिक अगुवालगायत सहभागी थिए ।
रुपन्देहीको महत्वपूर्ण आयोजनाका रुपमा रहेको बेलबास–बेथरी–मर्चवार सडकअन्तर्गतका अधिकांश सडक निर्माण पूरा भए पनि मर्चवार क्षेत्रकै सडकखण्ड लामो समयदेखि अलपत्र थियो । हाल आएर सडक निर्माण कार्य अघि बढ्ने भएपछि छिट्टै सडक निर्माण हुने आशामा स्थानीय छन् ।
स्थानीय मुस्लिम खानले लामो समयदेखि काम अलपत्र पर्दा निराश भएको बेला निर्माणको काम अघि बढेपछि मर्चवारको मुहार फेरिने विश्वास व्यक्त गरे । पूर्वमन्त्रीसमेत रहेका ओमप्रकाश यादवले मर्चवार सडकलाई अगाडि बढाउन पहल गर्ने नेतृत्वलाई धन्यवाद दिए ।
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया